अस्पताल प्रांगणमा दुई घण्टा छटपटी, तर अक्सिजन नपाएर मृत्यु

२२ वैशाख, काठमाडौं । उपचारका लागि अस्पताल पुगेकी बाँकेकी एक महिलाको दुई घण्टासम्म अक्सिजन नपाउँदा अस्पताल प्रांगणमै मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ कि ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो ।

सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो । तर कलेज प्रशासनले गेटमा कोभिड–१९ का नयाँ बिरामी भर्ना स्थगन र कोभिडको शंकास्पद बिरामीलाई सेवा दिन असमर्थ रहेको सूचना टाँसेको थियो ।
उपचार पाउने झिनो आशामा आफन्तले उनलाई दुई घण्टासम्म अस्पताल प्रांगणमै राखे । बिरामी भर्ना गरिदिन आग्रह गरे ।

आइसोलेसन सेन्टरका संयोजक डा. प्रदीपकुमार चौधरीका अनुसार विरामीलाई आइसोलेसन सेन्टरमा ल्याउनासाथ अक्सिजन लेभल जाँच्ने प्रयास गरिएको थियो । ‘तर अक्सिमिटरले अक्सिजन लेभल रिड गरेन । त्यसपछि अक्सिजन सपोर्ट दियौं, तर पनि उनलाई बचाउन सकिएन’ उनले भने ।तर अस्पतालले भर्ना नलिएपछि आफन्तले अटोरिक्सामा राखेर बैजनाथपुर–५ मा स्थानीय तहले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पुर्‍याए । उनको त्यही मृत्यु भएको छ ।

अत्यन्तै गम्भीर अवस्थामा आइसोलेसन सेन्टरमा ल्याएका कारण बचाउन नसकिएको डा. चौधरी बताउँछन् । ‘३/४ दिनदेखि नै उनको स्वास्थ्यमा समस्या आएको रहेछ । आज अचानक सास फेन गाह्रो भएपछि अस्पताल लगिएको रहेछ,’ डा. चौधरी भन्छन्, ‘अक्सिजन अभावमा मेडिकल कलेजले नयाँ बिरामी नलिने सूचना टाँसेका कारण बिरामीलाई फर्काएर यहाँ ल्याएका रहेछन् ।’

मृतक महिलाको पीसीआर रिपोर्ट भने आउन बाँकी छ । उनलाई भर्ना नलिएको नेपालगञ्ज मेडिकल कलेजको भने आफैं तर्क छ । डा. नितेश कनौडियाका अनुसार अस्पतालमा अहिले १३३ जना संक्रमित अक्सिजन सपोर्टमा उपचाररत छन् ।

अस्पतालको लिक्विड अक्सिजन प्लान्ट रित्तिन लागेको छ । भारतबाट लिक्विड अक्सिजन आउन नसकेकोले हाललाई नयाँ भर्ना स्थगन गर्न बाध्य भएको उनी बताउँछन् । अक्सिजन अभावले भारतको एक अस्पतालमा १४ जना संक्रमितले ज्यान गुमाउनु परेको घटनाले पनि थप सचेत गराएको उनले सुनाए ।

‘हामीलाई यत्ति धेरै संख्यामा संक्रमित राखेर उपचार गराउने आँट लिक्विड प्लान्टले नै दिएको हो । लिक्विड अक्सिजन प्लान्ट नै रित्तिएको र पुनः भर्न भारतबाट आयत हुन सकेको छैन,’ डा. कनौडिया भन्छन्, ‘सिलिण्डरमा भरेर ठूलो संख्यामा रहेका संक्रमितको उपचार गर्न त्यति सहज छैन ।’

उनका अनुसार अहिले अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजन पुर्‍याउनै हम्मेहम्मे परेको छ । बिरामीको चाप अनुसार हरेक ५ दिनमा एउटा लिक्विड अक्सिजन ट्यांक वा दैनिक ८०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने डा. कनौडियाको भनाइ छ ।

वैशाख १९ र २१ गते नै अक्सिजन अभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोध गरेपनि सुनुवाइ नभएको उनी बताउँछन् ।

अक्सिजन अभावले आउनसक्ने ठूलो संकटबारे मन्त्रालयको ध्यानाकर्षण गराइसकेको र भारतबाट लिक्विड अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको उनले बताए । onlinekhabar

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.