Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
कोभिडको महामारीलाई मध्यनजर राख्दै पालुङ्टारमा आइसोलेसन निर्माण

कोभिडको महामारीलाई मध्यनजर राख्दै पालुङ्टारमा आइसोलेसन निर्माण

गोरखा, १६ बैशाख
गोरखाको पालुङ्टार नगरपालिकाले कोेभिडको महामारीको अवस्थालाई मध्यनजर राख्दै तयारीको रुपमा आइसोलेसन निर्माण गरेको छ ।
बिगतको बर्षमा जस्तै कोभिडबाट प्रभावित हुनेको संख्या बढन थालेपछि पूर्व तयारीस्वरूप आइसोलेसन निर्माण गरिएको स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको वडा नं. ४ मा पहिले क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको सुदर्शन आधारभूत विद्यालयमा २० वेडको आइसोलेसन बनाउने तयारी अनुरुप हाल सम्म १४ बेड तयार भइसकेको र बाँकी ६ बेड थप्न बाँकी रहेको बताउनुभयो । आवश्यकताअनुसार क्वारेन्टाइन तथा आइसोलेसन थप गर्दै जाने योजना रहेको पनि अधिकारीले बताउनुभयो ।
हालसम्म नगरपालिकाभित्रका ५३ जनामा गरिएको परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.