गजल – भाष्कर ढकाल

 

किन किन अचेल,ढिंडो आटो मनपर्छ
पहाडका पाखा पखेरो, माटो मनपर्छ ।

दिनको पसिना र रातको शीत सङ्गाल्दै
खुशी फुल्ने फलाउने,यो पाटो मनपर्छ ।

कसैलाई नि बचनले चोट नपुर्‍याई
मेरै श्रमको घाउले बन्ने टाटो मनपर्छ ।

जिन्दगी भन्नु सकि नसकी हिड्नु नै हो
र त ! डाँडा पाखा भिरको बाटो मनपर्छ ।

जानेको केही छैन, स्वयंको विद्वान बन्दै
गफ नछाँटी, काम गर्ने लाटो मनपर्छ ।
भास्कर ढकाल
गुल्मी
२०७७/११/०३

Back to top button