महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न

आँबुखैरेनी, २५ माघ । त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीको महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न भएको छ। तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभाहलमा हिजो शनिबार देखि सुरु भएको कार्यक्रमको आज आईतबार सम्पन्न भएको हो।
आईतबार सम्पन्न उक्त कार्यक्रमको आज गरिएको समापन समारोहको प्रमुख आतिथ्यता आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले गर्नुभएको थियो भने अध्यक्षता त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीका अध्यक्ष सृना अधिकारी थापाले गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेल र वडा नं. ३ का वडाध्यक्ष पूर्ण आले रहनुभएको थियो भने अतिथिहरुमा आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी., आँबुखैरेनी क्याम्पस एवं रामशाह माविका व्यवस्थापन समिति अध्यक्ष सन्त बहादुर के.सी. लगायत रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले महिलाहरुलाई नेतृत्व विकास तालिमहरु सञ्चालन गर्नका लागि गाउँपालिकाले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाको विकासका लागि पहिले व्यक्ति सक्षम हुनुपर्ने बताउनुभयो। त्यसका लागि महिलाहरु अगाडी आउनुपर्ने उहाँले बताउनुभयो। अधिकृत पोखरेलले कार्यक्रममा सम्बोन्धनकै क्रममा गाउँपालिकाले महिलाको क्षमता विकासका लागि गर्नुपर्ने सबै कामहरु गर्न तयार रहेको तर त्यसका लागि महिलाहरु नै अग्रसर भएर कार्यक्रमहरु अगाडी लिएर आउनुपर्ने बताउनुभयो।
वडा नं. ३ स्तरीय रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा वडा नं. ३ का विभिन्न महिला तथा आमा समूह, टोल सुधार समितिका साथै हिंसा पिडित भएका करिब १ सय २० जना महिलाहरुको सहभागिता रहेको थियो।
यस्तै कार्यक्रमको पहिलो दिन अधिवक्ता सरिता भण्डारीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो भने दोस्रो दिन ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय आँबुखैरेनीका प्रमुख ब्रम्हकुमारी इन्दिरा पौडेलले सहजिकरण गर्नुभएको थियो।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker