Trending

कोठामा रहेको फ्यानमा झुण्डिएर अात्महत्या

गाेरखा,

गाेरखाकाे पालुङटार वडा नं. ७ कालामाटा मा एक महिलाले काेठामा रहेको फ्यानमा झुण्डिएर अात्महत्या गरेकी छन् ।

हिजाे बेलुकी खाना खाइसकेपछि टि.भी. हेरेर सुत्न भनी अाफ्नाे काेठामा गएकी २२ बर्षकी अस्मिता कुमालले फ्यानमा रातो सेतो सल लगाइ झुण्डिएकाे अवस्थामा बिहान देखेकाे परिवारले जनाएकाे छ ।

उनी ४ दिदिबहिनी र १ दाइमध्येकी कान्छी छाेरी भएकाे र अरू सवै दिदिबहिनीकाे बिबाह भइसकेकाेले घरमा अामा, भाउजु र हजुरअामासँगै बस्दै अाएकी थिइन । उनकाे बुबाकाे भने पहिले नै मृत्यु भइसकेकाे जनाइएकाे छ ।

अाज बिहानै घटनाकाे खबर पाएपछि अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका इन्चार्ज बिकास सिलवालसहितकाे टाेलीले घटनास्थल पुगी इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीलाइ खबर गरेकेा थियाे । हाल मृतककाे शव गाेरखाबाट पाेष्टमार्टम गरेर ल्याइ अन्तेष्टी गरिसकिएकाे छ ।

Back to top button