बन्दिपुर ५ का ३ आमा समुहलाई कुर्सी सहयाेग

तनहुँकाे बन्दिपुर ५ काे वाचेगाउँमा रहेकाे सरस्वती आमा समूह, बरख टाेलमा रहेकाे प्रगति दलित आमा समूह र कल्चाेकमा रहेकाे जनजागृति आमा समूहलाई २०/ २० थान कुर्सी प्राप्त भएकाे छ ।
वाचेगाउँका ओमसिं थापाकी छाेरी हाल हङकङ निवासी सुनिता थापाले आमा समुहका लागि ६० थान कुर्सी सहयाेग गर्नु भएकाे हाे ।
शनिबार एक कार्यक्रमका बीच बन्दपुर गापाका अध्यक्ष पूर्णसिं थापा र सहयाेगदाताका भाइ दिनेश थापाले संयुक्तरूपमा हस्तान्तरण गर्नु भएकाे छ । कुर्सी हस्तान्तरण गर्दै गापा अध्यक्ष थापाले महिलाहरुले आय- आर्जनसँग सम्बन्धित याेजना माग गर्नु पर्ने भन्दै यसका लागि गाउँपालिका सधैं सहयाेग गर्न तत्पर रहेकाे प्रतिबद्धता ब्यक्त गर्नुभयाे । कार्यक्रममा वडा सदस्य ठाकुरसिं थापा, सरस्वति आमा समुहकी अध्यक्ष बलिसरा थापा, प्रगति दलित आमा समुहकी अध्यक्ष विमला बि.क., जनजागृति आमा समूहकी अध्यक्ष सीता थापा , जनप्रिय बालक्लबका संस्थापक अध्यक्ष एवं युवा समाजसेवी टिकाराम थापा लगाएतले सहयाेगदाता प्रति आभार ब्यक्त गर्दै महिलाहरु विकासकाे लागि एकजुट हुनु पर्नेमा जाेड दिनु भएकाे थियाे ।
Back to top button