Trending

सरकार  बिरुद्ध गोरखा सदरमुकाम सहित देशभर बिरोध प्रर्दशन

मङ्सिर २९, गाेरखा ।

नेपाली काँग्रेसले आज नेपाल सरकार  बिरुद्ध गोरखा सदरमुकाम सहित देशभर बिरोध प्रर्दशन गरेको छ ।

पार्टीका  नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज जिल्ला सदरमुकाममा प्रदर्शन गरेको नेपाली काँग्रेस गाेरखाका सभापति हरी बहादुर घलेले बताए ।

नेपाली काँग्रेस पार्टी  कार्यालय तिनधारेबाट ठुलो आँगन, पदेली, बसपार्क, शक्तिचोक हुदै हरमटारीचाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे ।

कोण सभालाई काँग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ र डिएन योगी र जिल्ला पार्टी सभापति हरिबहादुर घलेले तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि दुब्र्यवहार भएको ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार मौलाएको, हत्याहिंसा र बलात्कारको घटना दिनदिनै बढेको भन्दै  आलोचना गरेका थिए ।

Back to top button