Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
५ जना युवाको संयुक्त लगानीमा अाँबु खैरेनीमा सुविधा सम्पन्न ब्रोदरस् हेयर सलोन संचालन

५ जना युवाको संयुक्त लगानीमा अाँबु खैरेनीमा सुविधा सम्पन्न ब्रोदरस् हेयर सलोन संचालन

आँबुखैरेनी,
तनहुँको आँबुखैरेनीमा सुविधा सम्पन्न ब्रोदरस् हेयर सलोन शुक्रबार देखि संचालनमा आएको छ । सलोनका संचालक युवराज गुरुङ्गले आज बिहान विधीवत रुपमा पुजा गरेर आँबुखैरेनी गाउँपालिका–३, दुई धारे नजिकै ब्रोदरस् हेयर सलोनको उद्घाटन गनुभएको हो । उच्चस्तरीय सेवा सहितको सेवा दिने उद्देश्यले स्थानीय ५ जना युवाको संयुक्त लगानीमा सुविधा सम्पन्न ब्रोदरस् हेयर सलोन संचालनमा ल्याईएको संचालक गुरुङ्गले जानकारी दिनुभएको छ । काठमाण्डौं, पोखरा, नारायणगढ लगाएतका क्षेत्रमा सुविधा सम्पन्न हेयर सलोन भएता पनि आँबुखैरेनीमा नभएको र यसको माग र आवश्यकतालाई ध्यानमा राख्र्दै एसी डिलक्स सहितको सुबिधा सम्पन्न ब्रोदरस् हेयर सलोन संचालन गरिएको गुरुङ्गले बताउनुभएको छ । सलोनमा कपाल काटेको रु. १०० कायम गरिएको र विद्यार्थीको लागि १० प्रतिशत छुटको व्यवस्था, कपाल काटीसकेपछि स्याम्पो सहित टाउको नुहाउन चिसो, तातो पानीको व्यवस्था, हेयर कलर, ट्रिटमेन्ट, फेसियल, इलेक्ट्रोक मसाज, वाईफाई लगाएतको व्यवस्था रहेको छ । त्यस्तै, यहाँ ग्रोसेरिस आईटम अन्तर्गत ब्राण्डेड पर्फ्युम, हार्ड र सफ्ट जेल, फेस वास क्रिम, सन ग्लास, वालेट, बेल्ट उपलब्ध रहेको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.