नेपालकै सर्वाेत्कृष्ट गाइपालक पन्तले एक लाख एक हजार १११ काे पुरस्कार पाउने

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा रहेकाे कामधेनु गाइफार्मका सञ्चालक राजेन्द्रराज पन्तले  सर्वाधिक राशीकाे पुरस्कारका लागि छनाेटमा परेका छन् ।

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ । झापामा रहेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । पुरस्कारको राशि रु. एक लाख एक हजार १११ रहेको छ ।

नेपालमा कृषकले पाउने यो सर्वाधिक नगद राशिको पुरस्कार हो । गोरखाको पालुङटार नगरपालिका—७ च्याङ्लीमा पन्तले २०५२ सालदेखि कामधेनु गाईपालन केन्द्र सञ्चालन गर्दै आउनु भएको छ । कृषि क्षेत्रमा राष्ट्रिय रुपमा उदाहरणीय कार्य गर्ने किसानलाई प्रतिष्ठानले वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

पुरस्कार पाउने पन्तको गाईफार्ममा ३५० वटा गाई पालिएको र दैनिक एक हजार ३५० लिटर दूध उत्पादन हुँदै आएको छ । उहाँले नमुना डेरी केन्द्र, कृत्रिम गर्भाधान केन्द्र समेत सञ्चालन गर्दै आउनुभएको छ । कोभिड–१९ को महामारीका कारण यो पुरस्कार सहज अवस्था आएपछि मात्र वितरण गरिने अध्यक्ष ओलीले बताउनुभयो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.