व्यवसायीको समस्याबारे छलफल गर्दै बन्दिपुरमा मनाइयो पर्यटन दिवस

समिर जोशी, तनहु।

तनहुँको पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइको आयोजनामा आज आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकामा जोड दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुरको मुख्य आधार पर्यटन रहेकाले पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बन्दीपुर सुरक्षित रहेकाले घुम्न आउन पर्यटकलाई अध्यक्ष थापाले आग्रह गरे । बन्दीपुर पूर्णरुपमा सुरक्षित छ भन्ने सन्देश फैलाएर पर्यटक भित्र्याउनुपर्ने बेला आएको छ”, थापाले भने ।
उहाँले बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको बताए । बन्दीपुर आउने पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा थापाले जोड दिए । कोरोना कहरले बन्दीपुरको होटल व्यवसायीलाई नराम्रो असर परेको छ, होटल व्यवसायीको प्रबद्र्धनका लागि सहयोग गर्न तयार छौँ”, थापाले भने ।
तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ सभापति वैश गुरुङले पर्यटक स्वागत गर्न व्यवसायी आतुर रहेकाले बन्दीपुर भ्रमण गर्न आग्रह गरे । क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालनमा आइसकेकाले पर्यटक स्वागत गर्न बन्दीपुर तयार रहेको सन्देश फैलाउन आवश्यक रहेकामा जोड दिए ।
बन्दीपुर सामुदायिक होमस्टे समितिका अध्यक्ष दिलकुमारी रानाले कोरोनाका कारण थला परेको होमस्टे तथा होटेलको प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्नुपर्ने बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर कोरोनामुक्त छ भन्ने सन्देश देशभर फैलाएर आन्तरिक पर्यटक बन्दीपुर भित्र्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.