Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
ढोरपाटन बोबाङमा बाढिले २५ घर बगायो , १७ जना सम्पर्क विहिन

ढोरपाटन बोबाङमा बाढिले २५ घर बगायो , १७ जना सम्पर्क विहिन

भाद्र १८

गय राति परेको अविरल वर्षतका कारण भूजिखोलाको शीर देउरालीमा ठुलो पहिरो गएको छ । पहिरोका कारण आएको बाढिले ढोरपाटन नगरपालिकाको वडा नं. ९ र ८ मा जनधनको क्षति पुर्याएको छ । बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानीय जीवन पुनले जानाकारी दिनुभयो ।

यस्तै बाढिले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्डेमा १, घर बगाएको छ, भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिनुभयो । घटनाको एकिन विवरण आउन वाँकी रहेको स्थानीयले बताएका छन । रातिको समयमा आएको बाढिले यस्तो क्षति गराएको हो । एक जनाको शव भने बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गलकोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन |

भूजिखोलामा पहिरोले थुनिदा खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार, खर्वाङसम्म नदी तटमा रहेका बस्तिमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.