कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् || लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
प्रेम सापकोटा सोनु र अहिलेकी चर्चित गायिका प्रिति आलेको आवाज रहेको सो तिज गीत प्रेम आफैले सृर्जना गरेका हुन ।
स्मृति तिमिल्सीनाको निर्देशन प्रकाश धमलाको सम्पादन गरेका हुन भने सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । गीतमा ज्योति मगर र लोमश शर्माको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियो प्रेम सापकोटा अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ |
गितको म्युजिक भिडियो हेर्नुहोस् :