म्याग्दे गाउँपालिकाद्धारा वाँदर धपाउने बन्दुक वितरण

दमौली, १९ असार ।

म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकहरुलाई बाँदर धपाउने बन्दुक निशुल्क वितरण गरेको छ ।

गाँउपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निशुल्क विरतण गरेको हो । प्रारम्भिक चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवीले रानाले बन्दुक हस्तान्तरण गरेकी थिइन् ।

बाँदर पीडित कृषकहरुलाई लक्षित गरी बाँदर भगाउने बन्दुक वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । गाउँपालिकाको यो कार्यले कृषकहरुलाई राहत पुग्ने अपेक्षा गरेको समेत प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।

Source: Setimadi

Back to top button