Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री बितरण

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री बितरण

गोरखा संसार
जेठ २९,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा सुत्केरी महिलाहरुका लागि पोषण सामग्री बितरण गरिएको छ ।
वडा कार्यालयको आर्थिब वर्ष २०७६÷०७७ को बिनियोजित रकमबाट धुवाँकोट स्वास्थ्य चौकीमार्फत यस आ.व. भित्र सुत्केरी भएका महिलाहरुका लागि सुत्केरी सामग्री बितरण गरिएको धुवाँकोट स्वास्थ्य चौकी का इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयबाट बिनियोजित रकमबाट वडाभित्रका सबै सुत्केरी महिलाहरु ७० जनालाई सामग्री बितरण गरिएको हो । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको उपस्थितिमा सामग्री बितरण गरिएको थियो ।
हरेक ब्यक्तिका लागि अण्डा, आंटा, तेल, चिनी, चना, सरसफाइ सामग्री सहित आवश्यक सल्लाह तथा परामर्श समेत प्रदान गरिएको बताइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.