
तनहुँ
जेठ ७,
तनहुँको देवघाट गाउँपालिका–३ स्थित अकला सामुदायिक वन उपभोक्ता समितिले आफ्ना सबै उपभोक्तालाई राहत वितरण गरेको छ । समितिको कोषबाट दुई/दुई बोरा चामल, दुई/दुई प्याकेट न्यून र तेल वितरण गरेको उक्त स्थान रहेको वाटक टोल विकास सस्थाका अध्यक्ष जीतबहादुर थापाले जानकारी दिनुभयो । सोही ठाउँ स्थित अकला देवि आमा समुहले पनि ३/३ प्याकेट नुन र हात धुने साबुन प्रदान गरिएको आमा समुहकी अध्यक्ष विभामाया थापाले जानकारी दिनुभयो । सामुदायिक वनका उपभोत्तालाई उपभोक्तालाई लामो बन्दाबन्दीले समस्या परेकोले सामाजिक दुरी कायम गरी उक्त राहत वितरण गरेको स्थानीय छिपछिपे युवा क्लबका उपाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो ।