अस्थायी प्रहरी पोष्टका लागि नगरपालिकाद्धारा जग्गा खरीद

रविन्द्र कंडेल
गोरखा संसार
जेठ २, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाले अस्थायी प्रहरी पोष्ट बिरुवाटारको लागि जग्गा खरीद गरेको छ । नगरपालिकाबाट विनियोजित रकमबाट सो जग्गा खरीद गरिएको हो ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको कार्यक्षेत्र ठूलो भएको र नगरपालिकाको वडा नं. ६,७ र ८ मा समेत सेवाक्षेत्र हुँदा उक्त वडाहरुमा सेवा दिन गाह्रो भएकाले स्थानीयहरुको लामो समयको पहलपश्चात गत बर्षदेखि नै बिरुवाटारमा स्थानीयको एक घर भाडामा लिई अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको थियो ।
पोष्टको स्थापनासंगै यसको स्थायित्वको लागि भवन निर्माण गर्नुपर्ने भएका कारण जग्गा खरीदका लागि नगरपालिकाबाट बजेट बिनियोजन गरी खरीद कार्य अघि बढाइएको र सो को लागि मन्त्रालयबाट समेत स्वीकृत भइसकेको नगरपालिकाका नगरप्रमुख इ दिपकबाबु कंडेलले जानकारी दिनुभयो ।
बिरुवाटारस्थित शिव कुमार श्रेष्ठको नाममा रहेको कित्ता नं. २०५३ को जग्गाबाट रु.१० लाखमा १२ आना जग्गा खरीद गरिएको र ४ आना जग्गा निशुल्क प्राप्त भएसँगै १ रोपनी जग्गा प्रहरी चौकीको नाममा दिन वडा कार्यालयमार्फत सहमति भइसकेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयमा बउपस्थित भई गत बैशाख ३१ गते जग्गाधनी शिव कुमार श्रेष्ठले जग्गा दिने मञ्जुरीनामा दिए सँगै अब प्रहरी पोष्टको नाममा जग्गा पास गर्ने र भवन निर्माणको कार्य अघि बढाइने अस्थायी प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज कृष्ण घर्तीले बताउनुभयो ।
पालुङ्टार प्रवेश गर्र्ने नाकामध्येको एक नाका वडा नं. ७ च्याङ्लीको नयाँपुलमा पर्दछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.