क्वारेन्टाइनमा राख्न लैजान खोज्दा तीन तला माथिबाट हाम फाल्दा ……………

पोखरा,३० बैशाख

कोरोनाका त्रासबिच पोखरामा एक युवकले तीन तलाबाट हाम फालेका छन् । उक्त युवालाई क्वारेन्टाइनमा राख्न लैजान खोज्दा तीन तला माथिबाट हाम फालेका हुन् ।

उनि केहि दिन पहिला भारतबाट नेपाल आएका थिए । नेपाल आएका उनलाई क्वारेन्टाइनमा लैजान खोज्दा तीन तलाबाट हाम फालेको बताइएको छ ।

प्रहरीका अनुसार उनको अबस्था सामान्य रहेको र अहिले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । पोखरामा बस्दै आएका उक्त युवक बावुआमालाई भेटेर भारतबाट फर्केका थिए । भारतबाटै आएका कारण उनलाई क्वारेन्टाइनमा राख्न खोजिएको प्रहरीले जनाएको छ ।

Back to top button