Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङटारमा चितुवाकाे अाक्रमणमा परी २ जना घाइते, प्रतिकारमा चितुवाकाे मृत्यु

पालुङटारमा चितुवाकाे अाक्रमणमा परी २ जना घाइते, प्रतिकारमा चितुवाकाे मृत्यु

गाेरखा संसार

वैशाख ५ ,  गोरखा

गोरखाको पालुङटार नगरपालिका वडा नं ४ स्थित अल्का चिलाऊनेमा शुक्रवार चितुवाको  आक्रमणबाट २ जना घाईते भएका छन् | स्थानिय गोठालो गएको वेला चितुवाबाट आक्रमण भएको थियो | आक्रमणबाट १६ बर्षिय संकल्प देवकोटा र २६ बर्षिय विक्रम भण्डारी घाईते भएका हुन  ।

बाख्रा हेरिरहेको वेला पछाडिबाट एक्कासी चितुवाले आक्रमण गरेको र हात , गोडा र ढाँडमा चिथाेरेकाे  र उनिहरुको उपचार पदम मेडिकल हल डुम्रेमा भइरहेकाे इलाका प्रहरि कार्यलय ठाटिपोखरीले जानकारी गराएको छ ||

चितुवाले अाक्रमण गरेपछि उनीहरूले  चिच्याएको आवाज सुनेर घटनास्थल पुगेका गाऊलेहरुकाे प्रतिकारका रुपमा चितुवा  मरेकाे जनाइएकाे छ | चितुवा पुच्छर सहित ५ फिट लामाे रहेकाे छ ।  घटनाको मुचुल्का तयार पारि प्रकृया अघि वढाईएको सव डिभिजन वन कार्यलय ठाटिपोखरिका प्रमुख अर्जुन अच्छामिले जानकारि दिएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.