
गाेरखा संसार
वैशाख ५ , गोरखा
गोरखाको पालुङटार नगरपालिका वडा नं ४ स्थित अल्का चिलाऊनेमा शुक्रवार चितुवाको आक्रमणबाट २ जना घाईते भएका छन् | स्थानिय गोठालो गएको वेला चितुवाबाट आक्रमण भएको थियो | आक्रमणबाट १६ बर्षिय संकल्प देवकोटा र २६ बर्षिय विक्रम भण्डारी घाईते भएका हुन ।
बाख्रा हेरिरहेको वेला पछाडिबाट एक्कासी चितुवाले आक्रमण गरेको र हात , गोडा र ढाँडमा चिथाेरेकाे र उनिहरुको उपचार पदम मेडिकल हल डुम्रेमा भइरहेकाे इलाका प्रहरि कार्यलय ठाटिपोखरीले जानकारी गराएको छ ||
चितुवाले अाक्रमण गरेपछि उनीहरूले चिच्याएको आवाज सुनेर घटनास्थल पुगेका गाऊलेहरुकाे प्रतिकारका रुपमा चितुवा मरेकाे जनाइएकाे छ | चितुवा पुच्छर सहित ५ फिट लामाे रहेकाे छ । घटनाको मुचुल्का तयार पारि प्रकृया अघि वढाईएको सव डिभिजन वन कार्यलय ठाटिपोखरिका प्रमुख अर्जुन अच्छामिले जानकारि दिएका छन् ।