
गोरखा संसार
चैत्र ३०, गोरखा
कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनसंगै गरिब र विपन्न वर्गका व्यक्ति तथा परिवारलाई राहत वितरणको कार्य देशैभरि चलिरहेको छ । त्यसै क्रममा गोरखाको पालुङ्टार नगरपालिकामा पनि राहत वितरण कार्य शुरु भएको छ ।
नगर कार्यपालिकाले एक निर्णय गरी सवै वडामा एउटै मापदण्डमा राहत वितरण गर्ने योजना बनाइएको र सोही अनुरुप काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बताउनुभयो । उहाँका अनुसार राहतमा प्रति व्यक्ति साढे सात केजी चामल, आधा केजी दाल प्रदान गरिनेछ भने चना प्रति परिवार १ केजी, नून प्रति परिवार १ केजी, सावुन प्रति परिवार १ वटा वितरण गरिएको छ । त्यस्तै गरी ४ जनासम्मको परिवार संख्या भएको घरमा तेल आधा लिटर, ८ जनासम्मको परिवारका लागि १ लिटर,१२ जनासम्मको परिवारको लागि १.५ लिटर र १३ जनाभन्दा माथिको परिवारको लागि २ लिटर उपलब्ध गराइएको छ ।
राहत मापदण्ड
चामल१व्यक्ति ७।५ के।जी, दाल१व्यक्ति ५०० ग्राम, चना परिवार १ के।जी, नुन परिवार १के।जी, साबुन परिवार १ गोटा, तेल१(४ ०।५लि,
५ (८ १लि, ९(१२ १।५ लि, १३ देखि माथि २ लि
अहिलेसम्म ८०३ परिवार संख्या र ३०२१ व्यक्ति लाई वितरण गरिहेको र केही छुट भएको जानकारी प्राप्त भएका भन्ने खबर आएको उहाँले बताउनुभएको छ ।
वास्तविक छुट भएकाहरुलाई भने फेरी दोश्रो चरणमा सम्बोधन गर्न सकिने बताइएको छ ।
नगरपालिकाको कार्यालयबाट हरेक वडामा आवश्यक सामग्रीहरु पठाइसकिएको र वडा कार्यालयबाट बितरण भइरहेको छ । केही वडाहरुमा भने वितरण भइसकेको छ भने केही वडाहरुमा अझै वितरण गर्न बाँकी रहेको छ ।
अहिलेसम्म प्राप्त विवरण अनुसार वडा नं. १ मा १०३ परिवार, वडा नं. २ मा ५५ परिवार, वडा नं. ३ मा ६५ परिवार र३७ जना कामदारहरु र वडा नं. ५ मा ३६७ जनालाई राहत वितरण गरिएको छ । त्यस्तै गरी वडा नं. ६ मा ९१ परिवार, वडा नं. ७ मा १२१ परिवार, वडा नं. ८ मा ३९ परिवार, वडा नं. ९ मा ६८ परिवार र वडा नं. १० मा ५६ परिवारलाई राहत वितरण गर्नुपर्ने संख्या वडाहरुले निकालेको तथ्यांकमा रहेको छ ।
त्यसमध्ये अधिकाँश वडाहरुमा वितरण भइसकेको छ भने केही वडाहरुमा आज र भोलि सम्ममा वितरण भइसक्ने छ ।
नगरपालिकाभित्रका १० वटा वडाहरुमध्ये धेरैजसोले सवारी साधनको प्रयोग गरी टोलटोलमा पुर्याएर सामाजिक दूरी कायम गरी राहत वितरण गरेका छन भने कतिपय वडाहरुमा भने एकै स्थानमा बोलाएर वितरण गरिएको पाइएको छ ।