ओस्कर विजेतामा देखियो कोरोनाभाइरस

एजेन्सी : ओस्कर विजेता अभिनेता टम ह्याङ्क्स्‌ले आफू र आफ्नी श्रीमती रिट विल्सनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको खुलासा गरेका छन्।

६३ वर्षीय टमले आफ्नो इन्स्टाग्राममा रुघाखोकी चिसो लागेको लक्षण दुवैजनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएको बताएका छन्।

अधिकारीहरूका अनुसार उनीहरू दुवैजना अहिले अस्ट्रेलियाको अस्पतालमा स्थीर स्वास्थ्य अवस्थासहित अलग्गै बसेका छन्।

ह्याङ्क्स्‌ले अमेरिकी गायक तथा अभिनेता एल्भिस प्रेस्लीबारे फिल्म बनाएकाले उनीहरूको जोडी अस्ट्रेलियाको गोल्ड कोस्टमा थियो।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको केही समयपछि टम र उनकी पत्नीमा सङ्क्रमण भएको पत्ता लागेको हो।

ह्याङ्क्स्‌ले इन्टाग्राममा लेखेका छन्: “हामीले रुघाखोकी लागेजस्तो अलि थकित महसुस गरेका थियौँ, र हाम्रो जिउ पनि दुखेको थियो। रिटलाई चिसो लागेको थियो र थोरै ज्वरो पनि थियो।”

“अहिले विश्वमा आवश्यक देखिएजस्तो हामी समय अनुसार चल्न खोज्यौँ र कोरोनाभाइरसको परीक्षण गरायौँ, र हो रहेछ भन्ने देखियो। ”

एकेडेमी अवार्ड विजेता रहेका उनले, आफू र श्रीमती विल्सनले त्यसबारे विश्वलाई जानकारी गराइरहने बताए।

सन् २०१३ मा ह्याङ्क्स्‌ले आफूलाई मधुमेह भएको बताएका थिए।

ब्रिटेनको परोपकारी स्वास्थ्य अनुसन्धान संस्था डाइबिटिज युकेले त्यस्तो रोग भएका मानिसमा कोरोनाभाइरसको लक्षण जटिल देखिने भन्दै कसरी सावधानी अपनाउने भन्नेबारे सुझावहरू जारी गरेको छ।

गायिका तथा अभिनेत्री विल्सनले गत साता ब्रिज्बेनको इम्पोरियम होटल र सिड्नी ओपेरा हाउसमा साङ्गीतिक कार्यक्रम गरेकी थिइन्।

‌ओपेरा हाउसका कर्मचारीले समाचार संस्था एएफपीसँग आफूहरूले उक्त साङ्गीतिक कार्यक्रममा टम र विल्सनसँग सम्पर्कमा आएका हुनसक्ने करिब २०७ जनाको पहिचान गर्न अधिकारीहरूलाई सघाइरहेका छन्।

विल्सन च्यानल नाइनको टेलिभिजन कार्यक्रम टुडे एक्स्ट्रामा देखापरेकी थिइन्।

उक्त कार्यक्रमका प्रस्तोता र सबै टोली अहिले क्वारन्टीनमा राखिएका छन्।

सामाजिक सञ्जालमा यो दम्पतीप्रति समर्थन व्यक्त गरिएको छ।

अस्ट्रेलियामा कोरानाभाइरसको सङ्क्रमण १३० जना भन्दा बढी मानिसमा देखा परिसकेको छ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.