अजिरकोट गाउँसभाको छैठौ अधिवेशन सम्पन्न

गाेरखा संसार
गाेरखा ।

अजिरकोट गाउँपालिकाको छैठौं गाउँसभा आज सम्पन्न भएको छ । यस वर्षको हिँउदे अधिवेशनको रुपमा वसेको गाउँसभाले आर्थिक वर्ष २०७६।०७७ को अर्धवार्षिक प्रगति समिक्षा गर्दै संशोधित वजेट सभाबाट सर्वसम्मतीले अनुमोदन गर्यो । गाउँ कार्यपालिकाको तर्फबाट कार्यपालिका सदस्य श्री तयाराज गुरुड.ले अर्धवार्षिक भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन छलफलका लागि पेश गर्नुभएको थियो । भौतिक प्रगति तर्फ ८० प्रतिशत आयोजनाहरु सम्झौता भई निर्माण सम्पन्न हुने चरणमा रहेको र १२ प्रतिशत आयोजनाहरु सम्पन्न भई भुक्तानी पनि भएकोछ ।

यसै गरी वित्तिय प्रगति तर्फ आ. व. २०७६।०७७ मा कुल विनियोजित रकम रु ३७ करोड ६७ लाख ९६ हजार मध्य रु १० करोड ७३ लाख ७० हजार ४ सय ७८ रुपैया भुक्तानी भई २८.४९ प्रतिशत खर्च भएकोछ । प्रायस आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकोले आगामी एक महिना भित्रमा वित्तिय तथा भौतिक प्रगति गुणात्मक तरिकाले वृद्धि हुने अनुमान गरिएको छ ।
यसैगरी गाऊँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ्गले आ. व. २०७६।०७७ को संशोधित वजेट अनुमोदन गरियोस भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो ।

संचितकोषमा विनियोजन हुन वाँकी रहेको रु ३ करोड ६० लाख रकम सामाजिक विकास, भौतिक पूर्वाधार, आर्थिक विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षण र संस्थागत विकास साथै सेवा प्रवाहको क्षेत्रमा विनियोजन गरिएको थियो । पाँचौ गाउँसभाले स्वीकृत गरेका आयोजनाहरुलाई यस सभामा संशोधनका लागि पेश गएिको थियो । संशोधन प्रस्ताव सर्वसम्मतिले अनुमोदन भएको थियो ।

सभाको पहिलो वैठकमा पाँचै वटा वडा अध्यक्ष ज्युहरुले आफ्नो आफ्नो वडाको विकास तथा सेवा प्रवाहको वारेमा प्रतिवेदन पेश गर्नुभएको थियो भने उपाध्यक्ष चन्द्रमाया गूरुङ्गले न्यायीक समिति र गाउाँपालिका स्तरिय अनुगमन समितिको संयोजकको हैसियतले दुवै समितिको कार्य प्रगति गाउँसभामा पेश गर्नु भएको थियो ।

कर्मचारी अभावमा वडा कार्यालयहरुको कार्यसम्पादनमा कठिन भईरहेकोमा हाल लोकसेवा आयोगबाट सिफारिस भएका वडा सचिवहरुबाट नियमित कार्य गर्न सहज भएता पनि उचित तालिमको अभावले सरल ढंगले कार्य गर्न कठिन भएको कुरा वडा अध्यक्ष ज्युहरुले राख्नु भएको थियो ।
वैठक विहान ११ वजे शुरु भई दिउसो ३ वजे सम्पन्न भएको थियो । सुन्य समयमा सभा सदस्य ज्युहरुले गाउँपालिकाको विविध विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker