न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना गर्ने भएको छ । लामो समयदेखि विभिन्न किसिमका वेबसाइट डिजाइन तथा सफ्टवेयर डिजाइनको तालिम तथा सेवा दिइरहेको इकमर्श साथी प्रालिले न्युज पोर्टलसँगै आधारभूत पत्रकारिता तालिमको समेत अवधारणा ल्याएको हो ।

१५ दिने तालिममा न्युज पोर्टल वेबसाइट डिजाइनको आधारभूत ज्ञानका साथै समाचार लेखनसम्बन्धी आधारभूत ज्ञान, समाचार प्रकाशनको तरिका, विज्ञापन डिजाइन, न्युज पोर्टलको सुरक्षा, अनलाइन पत्रकारिताका कानुनी पक्षलगायतको बारेमा आवश्यक सीप विकास गराइने इकमर्श साथी प्रालिका सञ्चालक विजय कुमालले जानकारी दिए । वेबसाइट डिजाइनका तालिम लिएका धेरैले न्युजपोर्टल सञ्चालन गर्न समाचार लेखन, विज्ञापन डिजाइन, वेबसाइट दर्ता तथा कानुनी प्रक्रियाकाबारेमा अन्यौलता रहेको पाइएपछि यसबारे पनि तालिम दिएर परिपक्व बनाउनु आवश्यक देखिकाले आफूहरुले तालिम सञ्चालन गर्न लागेको कुमालले बताए ।

कुमालका अनुसार १५ दिने तालिम चैत २९ गतेदेखि अनलाइनमार्फत सञ्चालन हुँदैछ । दैनिक बेलुकी ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने सशुल्क तालिममा नेपालका चर्चित तथा अनुभवी पत्रकारहरुबाट आधारभूत समाचार लेखन तालिम प्रदान गरिनेछ भने सञ्चार माध्यम दर्ताको कानुनी प्रक्रियाका बारेमा पनि जानकारी र सहजीकरण गराइनेछ ।

तालिम लिनको लागि तलको लिंकमा क्लिक गरी फर्म भरेर Submit गर्नुहोस् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.