Trending

अकला मन्दिरनजिक भएको पन्त हत्या अाराेपमा परियार पक्राउ

गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर १४ अकला मन्दिर नजिकै भएको महेश पन्तको हत्या आरोपमा सलाङगिरीका किसान परियार पक्राउ परेका छन् ।                                     गत पौष १६ गते पन्तको मृत शरिर अकला मन्दिर छेउमा रहेको आफ्नै होटलमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार परियार र पन्त बीचमा भएको विवादपछि परियारले पन्तको आफ्नै होटलमा रहेको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ । परियारलाई प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको र अहिले थप अनुसन्धान भइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker