संस्थागत सामुदायिक उत्तरदायित्व कार्यक्रम मार्फत प्राईम कमर्सियल बैंकको ठाँटीपोखरी शाखाले पालुङटार ९ काे एक बिद्यालयमा Water Dispenser र Dustbin बितरण गरेकाे छ । पालुङटार ९ मा रहेकाे मदनेडांडा मा. बि मा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साे सामग्री बितरण गरिएकाे प्राईम कमर्सियल बैंक ठाँटीपोखरी शाखाका प्रमुख श्री कमल श्रेष्ठले जानकारी दिनुभयो । पाैष १२ गतेका दिन एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएकाे थियाे । कार्यक्रममा प्राईम कमर्सियल बैंकका सहायक शाखा प्रमुख श्री सन्तोष बानियाँ, बि ब्य स अध्यक्ष श्री भुपाल बहादुर गुरुङ्ग,शिक्षक अभिभावक संघ अध्यक्ष श्री राजाराम बुर्लाकोटी जनप्रतिनिधि श्री खिल बहादुर श्रेष्ठ, शिक्षक स्टाफ तथा विद्यार्थीहरुको उपस्थितिमा रहेकाे जनाईएकाे छ ।
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/Messenger_creation_54faba2f-7554-4c96-bdfa-6e918a256f4f-225x300.jpeg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना
गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको