मर्स्याङ्दी करिडोरमा पर्यटनको सम्भावनाबारे अध्ययन गरिने

मर्स्याङ्दी नदी दायाँबायाँका स्थानीय तहले मर्स्याङ्दी कोरिडोर क्षेत्रको पर्यटन प्रवद्र्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
पर्यटनका माध्ययमबाट युवालाई रोजगारी दिने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गरिन लागेको हो । तनहुँको बन्दीपुरमा बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिक ग्राम बनाउने लक्ष्यका साथ यसको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी कोरिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले बताउनुभयो ।
उहाँका अनुसार सरकारले एक पालिका एक उद्योग बनाउने लक्ष्य राखेकोमा मर्स्याङ्दी कोरिडोरमा एउटा ठूलो उद्योग सञ्चालनको लागि पनि पहल गरिनेछ । पालिकाबाट निस्कने फोहरमैला अहिले हरेक पालिका आफैं व्यवस्थापन गरिरहेको अवस्थामा फोहरमैलाको उचित ढंगबाट विसर्जनका लागि यसको दीर्घकालीन व्यवस्थापन समेत गर्ने निर्णय गरिएको छ । कोरिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहरमैलालाई २ वा २ भन्दा बढी पालिकाको पायक पर्ने उपयुक्त ठाउँ छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
कोरिडोर अन्तर्गतका पालिकामा ठूला टारहरु रहेकाले यसलाई उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भएको संयोजक त्रिपाठीले बताउनुभयो । पर्यटकीय सम्भाव्यता अध्ययनको लागि लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा मर्स्याङ्दी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा लमजुङकै राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा रहनुभएको छ ।
संयोजक अधिकारीले मर्स्याङ्दी कोरिडोरमा पर्यटकीय सम्भावनाको खोजी गरी यसको अध्ययन अनुसन्धान गरिने बताउनुभयो । अध्ययन अनुसन्धानका क्रममा स्थानीयको सुझाव संकलन गरिने र त्यसपछिपर्यटन प्रवद्र्धनका कार्यक्रमहरु विस्तारै अघि बढाइने उहाँले बताउनुभयो ।
मर्स्याङ्दी नदी कोरिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको बेंसीशहर, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका साथै गोरखाको पालुङटार नगरपालिका समावेश छन् । अब लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई समावेश गर्ने निर्णय गरिएको र यो समेत गरी ९ वटा स्थानीय तह समितिमा रहने उहाँले बताउनुभयो । कोरिडोर अन्तर्गतका स्थानीय तहबीच ३/३ महिनामा संयुक्त बैठक बस्ने र अर्को बैठक फागुन १२ गते बेंसीशहर नगरपालिकामा बस्ने निर्णय गरिएको संयोजक अधिकारीले बताउनुभयो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.