राजेन्द्र न्यौपाने
गोरखा ११ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनको सरकार पाँच वर्ष कायम रहने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज आयोजित स्थानीय सरकार, सरोकारवालासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सरकार सञ्चालन भएको एक वर्ष नपुग्दा स्थापित दलहरुलाई विभिन्न आरोप लगाउँदै विभिन्न हर्कत भइरहेको र हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
मँसिरको पहिलो हप्ता भएको होहल्ला सरकारले धैर्यता र दृढताका साथ विफल तुल्याएको उहाँको भनाई छ । गठबन्धन सरकारले एक वर्षमा गरेका कामहरु गर्व गर्न लायक भएको बताउँदै बाँकी चार वर्षमा अझै धेरै काम गर्ने बताउनुभयो ।
आफू गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को जनप्रतिनिधि भएको नाताले पनि चार वर्ष भित्र यस क्षेत्रका मुख्य सडकहरु कालोपत्रे गर्ने उहाँको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष समेत रहनुभएका दाहालले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा बारपाक सुलिकोट गाउँपालिकाको वडा बैठकलाई समेत सम्बोधन गर्नुभएको थियो । दाहालले बैठक पछि सहिद वेपत्ता परिवारजनसँग भेटघाट समेत गर्नुभएको थियो ।
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/FB_IMG_1722040614649-238x300.jpg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते