गोरखामा चोरी मुद्धमा कैद तथा जरिवाना सजाय पाएका फरार अभियुक्त पक्राउ

गोरखा, २१ असार ।

चोरी मुद्धाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा जिल्ला अदालत गोरखाबाट कैद र जरिवानाको सजाय पाएका गोरखा नगरपालिका–८ का २१ बर्षका दिपेश भनिने राकेश मजकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका मजकोटीलाई अदालतले ७ हजार रुपैया जरिवाना सहित ९ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई आज नै कैद तथा जरिवाना असुलका लागि अदालतको आदेशबाट गोरखा कारागारमा पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker