अाज राती १२ बजेदेखि माैन अवधी शुरू ः प्रचार प्रसारमा राेक

काठमाडौं । बैशाख १० गते हुन गइरहेकाे उपनिर्वाचनकाे अाज राती १२ बजेदेखि माैन अवधी शुरू भएकाे छ । माैन अवधीमा प्रचार प्रशार मा गर्न पाइदैन ।

बैशाख १० गतेका दिन तनुहँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

बारा–२, चितवन–२ र तनहुँ –१ उपनिर्वाचनका लागि  तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयाे ।

उहाँका अनुसार  निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको छ । सबै निर्वाचन क्षेत्रको सुरक्षा प्रवन्ध कडा पारिएको छ । निर्वाचनका लागि आवश्यक सामाग्री पनि सम्वन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ ।’ प्रतिनिधिसभामा रिक्त तीन पदका लागि उपनिर्वाचनमा ६९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये चितवन–२ र बारा–२ मा २÷२ गरी चार उम्मदेवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । त्यसो हुँदा अहिले ६५ उम्मेदवार आपसमा प्रतिष्पर्दा गरिरहेका छन् । आयोगका अनुसार चितवन–२ मा २२, बारा–२ मा ३४ र तनहँु–१ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।  ८ बैशाखबाट मौन अवधि सुरु हुने भएको हुँदा उक्त अवधिमा मत माग्ने र प्रचारप्रसा गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्ने उहाँको भनाई छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.