Trending

च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा साना व्यवसायीहरूकाे व्यवसाय अनुगमन

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा साना व्यवसायीहरूकाे व्यवसाय अनुगमन गरिएकाे छ ।

सिकाइ केन्द्रले अाफ्नाे कार्यक्षेत्रभित्र रहेका साना व्यवसायीहरूका लागि ६ महिनाका लागि सहुलियत व्याजदरमा बिगत साढे १ बर्षदेखि घुम्तीकाेष बितरण गर्दै अाइरहेकाे छ ।

केन्द्रलाइ घुम्तीकाेष सञ्चालनकाे लागि शैक्षिक श्राेत तथा बिकास केन्द्र र TCP Global संस्थाले सहयाेग गरिरहेकाे केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले जानकारी दिनुभयाे ।

अध्यक्ष कंडेलका अनुसार २७ गते शनिबारका दिन च्याङलीका बिभिन्न व्यवसायीहरूसंग भेटघाट तथा छलफल गरी व्यवसायकाे अनुगमन गरिएकाे थियाे । अनुगमनका क्रममा TCP Global संस्थाका नेपाल सल्लाहाकार याेगी कायस्थ, शैक्षिक श्राेत तथा बिकास केन्द्र का कार्यकारी निर्देशक भीम प्रसाद पाेखरेल, पालुङटार नगरपालिका वडा नंं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल, सिकाइ केन्द्रका पदाधिकारीहरू समेत सहभागी रहेका थिए ।

TCP Global संस्थाका नेपाल सल्लाहाकार याेगी कायस्थ, शैक्षिक श्राेत तथा बिकास केन्द्र का कार्यकारी निर्देशक भीम प्रसाद पाेखरेलले शनिबारकै दिन जनजागृति सामुदायिक सिकाइ केन्द्र मिरकाेटकाे समेत अवलाेकन गर्नुभएकाे थियाे

सिकाइ केन्द्रले हालसम्म शैक्षिक श्राेत तथा बिकास केन्द्र र TCP Global संस्थाले सहयाेग वडाका बिभिन्न समुहका १९ जना साना व्यवसायीहरूलाइ घुम्तीकाेषकाे रकम उपलब्ध गराइसकेकाे छ । काेषकाे रकम लैजाने हरेक व्यवसायीरूले ६ महिनामा सांवा र व्याज रकम संयुक्त रूपमा फिर्ता गरेपछि साेही दिन पुन ः अर्काे समूहकाे नयाँ व्यवसायीका लागि रकम उपलब्ध गराउने गरिएकाे छ ।

TCP Global संस्थाका नेपाल सल्लाहाकार याेगी कायस्थ, शैक्षिक श्राेत तथा बिकास केन्द्र का कार्यकारी निर्देशक भीम प्रसाद पाेखरेलले शनिबारकै दिन जनजागृति सामुदायिक सिकाइ केन्द्र मिरकाेटकाे समेत अवलाेकन गर्नुभएकाे थियाे  भने अाज धुवांकाेट सामुदायिक सिकाइ केन्द्र र लिगलिगकाेट सामुदायिक सिकाइ केन्द्र र लिगलिगकाेट सामुदायिक सिकाइ केन्द्र सहित गाेरखाका ५ वटा सिकाइ केन्द्रहरू काे समेत अवलाेकन गर्ने कार्यक्रम रहेकाे शैक्षिक श्राेत तथा बिकास केन्द्र का कार्यकारी निर्देशक भीम प्रसाद पाेखरेलले बताउनुभयाे ।

 

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker