Trending

धुवाँकोटमा भएको महिला भलिबल प्रतियोगितामा अकला मा वि प्रथम

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८मा रहेको अकला माध्यमिक विद्यालय धुवाँकोटको स्वर्ण जयन्तीको अवसरमा सञ्चालन भएको महिला भलिबल प्रतियोगितामा अकला माध्यमिक विद्यालय प्रथम भएको छ ।
स्वर्णजयन्ती को तेस्रो दिन फागुन ४ गते विद्यालय प्राङ्गणमा सञ्चालन भएको महिला भलिबल प्रतियोगितामा ४ टिमको सहभागिता भएको थियो । पहिलो खेल सागछर्ने टोल विकास संस्था र मिलन टोल विकास संस्था का महिला भलिबल खेलाडीहरु बिच भएको थियो । सो खेलमा सागछर्ने टोल विकास संस्था ले जीत हासिल गरी फाइनल खेलमा प्रवेश गरेको थियो भने दोस्रो खेल अकला माध्यमिक विद्यालय र जीवन ज्योति माध्यमिक विद्यालय बिच बीच भएको थियो । उक्त खेलमा जीवन ज्योति माध्यमिक विद्यालयलाई पछिपार्दै अकला माध्यमिक विद्यालय फाइनल प्रवेश गरेको थियो ।
अकला माध्यमिक विद्यालय र सागछर्ने टोल विकास संस्थाबीच भएको फाइनल खेलमा सागछर्ने टोललाई पछिपार्दै अकला माध्यमिक विद्यालयले जीत हासिल गरेको हो । प्रथम र द्वितीय हुने समूहलाई पुरस्कार प्रमाणपत्र र मेडल समेत प्रदान गरिएको थियो । विद्यालयमा फागुन 2 गतेदेखि स्वर्णजयन्ती सञ्चालन भइरहेको छ । फागुन 2 गते उपप्रधान एवं भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठले स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको थियो । स्वर्ण जयन्तीको समापन समारोह भने प्रजातन्त्र दिवसका दिन 7 गते दिन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा आज नगरपालिकाभित्र रहेका विद्यालयहरूका शिक्षकहरुको भलिबल प्रतियोगिता हुने छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker