शिक्षा सबै भन्दा महत्वपूर्ण पुर्वाधार भएको उप-प्रधानमन्त्री श्रेष्ठको भनाई

गाेरखा, फागुन २

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवांकाेटकाे अकला माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीकाे उदघाटनका क्रममा बोल्दै नेपाल सरकारका उपप्रधानमन्त्री एवं भौतिक केही योजना तथा पूर्वाधार मन्त्री नारायणकजी श्रेष्ठले  शिक्षा सबैभन्दा महत्वपूर्ण पूर्वाधार रहेको बताउनुभयो । शिक्षाकै कारणबाट कोही पनि व्यक्ति पछाडी पर्नु पर्ने वातावरणको अन्त्य गर्न नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सबै पहल आफूले गर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको शोषण जयन्तीको अवसरमा गण्डकी प्रदेश सभाका विपक्षी दल का नेता सुरेन्द्र पाण्डे र गण्डकी पर्देश कै सभासद फडिन्द्र देवकोटा ले बिशेष अथितिको रुपमा मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाताहरु ,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,पूर्व प्रधानाध्यापकहरु, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्वविद्यार्थी  लगायतले शुभकामना मन्तव्य दिएका थिए।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अम्गाइले विद्यालयको शैक्षिक आर्थिक तथा भौतिक पक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका रञ्जना कडेल र शम्भुराज अधिकारीले गर्नुभएको थियो ।

त्यस्तैगरी स्वर्ण जयंती कै अवसर पारेर विद्यालय मा सहयोग पुर्याउने पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, अक्षयकोष दाताहरु र विद्यालयलाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले पिटी प्रदर्शन विभिन्न सांस्कृतिक कार्यक्रमहरु र स्थानीय स्तरको झाँकी समेत प्रस्तुत गरिएको थियो ।

स्वर्ण जयन्ती फागुन २ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने र समापनका दिन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अाउने बिद्यालयले जनाएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker