पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप शुरु : आज २ खेल सम्पन्न

पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप २०७९ शुरु भएको छ।
वडा नं ७ कार्यालयको आर्थिक सहयोगमा न्यु रियल सनस्टार युवा क्लबको आयोजनामा माघ १७ गते आहालेबर खेलमैदानमा शुरु भएको खेलमा पहिलो दिन २ खेल  सम्पन्न भएको छ। आजको  पहिलो खेल खत्रीटार युवा क्लब र माइलीटार युवा क्लब बीच भएको थियो। सो खेलमा माईलीटार युवा क्लबले खत्रीटार युवा क्लबलाई १ का विरुद्ध २ गोल प्रहार गरी जित हात पारेको थियो। माइलीटार युवा क्लबका खेलाडी जर्सी नं ७ का किरण थापा म्यान अफ दि म्याच घोषित भएका थिए।
त्यस्तैगरी सुर्य ज्योती युवा क्लब माझीगाउ र रियल सनस्टार युवा क्लब आहालेबर बीच भएको थियो। जसमा  सुर्य ज्योती युवा क्लबले रियल सनस्टार युवा क्लब आहाले बर लाई  १ का विरुद्ध २ गोल प्रहार गरी जित हात पारेको थियो। माझीगाऊ युवा क्लबका खेलाडी जर्सी नं ११ का रिजन कुमाल म्यान अफ दि म्याच घोषित भएका थिए।
उदघाटन कार्यक्रम क्लबका अध्यक्ष सन्तोष कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले अनुशासित भएर खेल प्रदर्शन गर्नुपर्ने बताउनुभएको थियो। क्लबका उपाध्यक्ष रमिला कुमालले स्वागत मन्तब्य राख्नु भएको थियो भने वडा सदस्य खोप बहादुर थापा र समाजसेवी देवीलाल कुमालले शुभकामना मन्तव्य राखेका थिए।
खेलमा वडा नं ७ भित्रका १७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
खेलमा प्रथम हुनेले नगद ३५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तैगरी दोस्रो हुनेले नगद २१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker