उज्ववल सहकारीकाे नवाैं साधारणसभा सम्पन्न

उज्ववल सहकारी संस्था लिमिटेडको नवाैं साधारणसभा पालुङटार नगरिालिकाका निबर्तमान नगरप्रमुख ई दिपकबाबु कंडेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ ।
संस्थाका संरक्षक तथा शेयर सदस्य समेत रहनुभएका प्रमुख अतिथि कंडेलले संस्थालाई सुदृढ एवं सक्षम र अात्मनिर्भर बन्न सबैले पहल गर्नुपर्ने बताउनुभयाे ।
संस्थाका अध्यक्ष मान बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका जग्गादाता बाबुराम देवकाेटाले स्वागत मन्तब्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा जिल्ला सहकारी संघ गाेरखाका महासचिव सराेज देवकाेटाले सहकारीका सिद्धान्त तथा कार्यक्षेत्रका बारेमा जानकारीमुलक मन्तब्य राख्नुभएकाे थियाे ।
सभामा अध्यक्ष थापाले संस्थाकाे प्रगति प्रतिबेदन पेश गर्नुभएको थियाे । त्यस्तै गरी काेषाध्यक्ष पुरूषाेत्तम पाण्डेले अार्थिक प्रतिबेदन पेश गर्नुभएको थियाे ।
कार्यक्रममा पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य पम्फा बि.क.,मजुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ , च्याङली स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डे, गाेरखा संसार मिडिया प्रा.लि.तथा रेडियो बन्दीपुरका सञ्चालक रबिन्द्र कंडेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमकाे सञ्चालन कृष्णप्रसाद पाण्डेले गर्नुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.