पालुङटारमा नयाँ राजनितिक इतिहास शुरूः हारेका उमेदवारहरू र्यालीमा सहभागी हुँदै शुभकामना दिन काेणसभामै पुगे

गोरखाको पालुङटार नगरपालिकामा नेकपा माअाेवादी केन्द्रका मेयर तथा उपमेयर बिजयी भएसँगै नयाँ राजनितिक इतिहासकाे शुरूवात भएकाे छ ।

माओवादी केन्द्रबाट मेयरमा विजयी भएका बिवस चिन्तन र उपमेयरमा बिजयी बन्दना पाण्डेसँगै मेयरमा पराजित कांग्रेसका दिपकबाबु कंडेल  सहित नेकपा एमाले बाट उपमेयरमा पराजित पार्वती पाठक  पनि बिजयी  र्‍याली सहित काेणसभामा सहभागी भएका हुन्।

माअाेवादी केन्द्रले पालुङटार नगरपालिकामा नगर प्रमुख र उप प्रमुखसहित ३ वटा वडामा वडाध्यक्ष पदसहित १७ जना  जितेकाे छ ।

२०७४ को स्थानीय निर्वाचनमा मेयरमा विजयी कंडेल यसपटक तेस्रो भएका छन भने उपमेयरमा पार्वती पाठक तेश्राे बनेकी हुन । कंडेल र पाठक दुवै जनाले माअाेवादी केन्द्रले अायाेजना गरेकाे बिजय सभामा सहभागी हुँदै नवनिर्वाचित मेयर बिवस चिन्तन र उपमेयर बन्दना पाण्डलाइ शुभकामना दिँदै अागामी ५ बर्षसम्म अाफूहरूले पालुङटारकाे सम्बृद्धिकाे लागि सहयाेग गर्ने प्रतबद्दता व्यक्त गरेका छन् ।

त्यस्तै गरी सभामा बाेल्दै नवनिर्वाचित मेयर चिन्तन र पाण्डेले अाफूहरू हिजाेसम्म पार्टीकाे मान्छे भएकाे भए पनि अाजदेखि पार्टी भन्दा पनि जनताकाे मान्छे भएकाले साेही अनुसार काेही कसैलाइ पनि पूर्वाग्रह नराखी अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मेयरमा विजयी बिवस चिन्तनले छ हजार ७२ मत ल्याए भने दोस्रो हुने जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गरे। कांग्रेसका कंडेलले चार हजार नौ सय ९७ मत प्राप्त गरे।

उपमेयर पदमा बन्दना पाण्डेले ५ हजार ५ सय ४९ मत प्राप्त गरिन भने दाेश्राे हुने कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ र पार्वती पाठकले ४ हजार २ सय ८४ मत प्राप्त गरेकी थिइन ।

ठाँटीपाेखरी बजारकाे समी चाैतारामा भएकाे काेणसभाकाे अध्यक्षता माअाेवादी केन्द्र पालुङटारका अध्यक्ष खाेप बहादुर कंडेलकाे सभापतित्वमा भएकाे थियाे भने सञ्चालन सचिव शंकरराज कंडेलले गरेका थिए । सभामा माअाेवादी केन्द्रका जिल्ला इन्चार्ज बिजय ले प्रमुख अतिथिकाे रूपमा  बाेल्दै जितमा समग्र जनतालाइ धन्यवाद दिएका थिए । संगठन बिभागका इन्द्र भट्टराइले कार्यक्रमकाे रूपरेखाकाे जानकारी गराएका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.