गाेरखा नगरपालिकामा राना मेयर र थाेकर उपमेयर निर्वाचित

गोरखा नगरपालिकाको मयेरमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिजयी भएको छ । आज सम्पन्न मतगणनामा माओबादी केन्द्रका उमेद्वार कृष्णबहादुर रानामगरले ८ हजार ९ सय ६४ मत प्राप्त गर्दै बिजयी हुनुभएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ । यसअघि गोरखा नगरपालिकाका मयेर समेत रहनु भएका काग्रेसका पन्तले कुल ७ हजार १ सय ८ मत मात्र प्राप्त गर्नुभयो ।

माओबादी केन्द्रका रानामगरले काग्रेसका पन्तले भन्दा १ हजार ८ सय ५६ मत बढी प्राप्त प्राप्त गर्दै मेयरमा बिजयी हुनुभएको हो । गोरखा नगरपालिकामा नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीको चुनावी गठबन्धन बनेको थियो । यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा रानामगर पन्तसंग पराजित हुनुभएको थियो ।

त्यस्तै नगरपालिकाको उपमेयरमा भने काग्रेसकी मसली माया थोकर (सपना पुन) बिजयी हुनुभएको छ । उहाँले जनता समाजबादी पार्टीका उपमयेरका उमेद्वार नारायण खत्रीलाई पराजित गर्दै बिजयी हुनुभएको हो । थोकरले कुल ७ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी जसपाका उमेद्वार खत्रीले ६ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबिलाल सुवेदीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका तेस्रो स्थानमा रहेको नेकपा एमालेका मेयर पदका उमेद्वार सम्झना देवकोटाले ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो भने एमालेबाट उपमेयरका उमेद्वार बन्नु भएका देवी बस्नेतले कुल ४ हजार ९ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.