गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा डा. बाबुराम भट्टराइ नेतृत्वकाे जनता समाजवादी पार्टी काे प्यानल नै बिजयी बनेकाे छ ।
वडा नं. ८ का वडाध्यक्ष पदमा हाेप बहादुर नेपाली बिजयी भएका छन । उनले ६६२ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माअाेवादी केन्द्रका अर्जुन खडकाले ३९५ मत ल्याएका छन् ।
त्यस्तै गरी जसपाबाटै बिजयी भएका अन्य सदस्यहरूमा कुलराज श्रेष्ठ , कृष्ण बहादुर कुमाल , गिरि माया थापा र साबित्रा बिक रहेका छन् ।
यसअघि जसपाले साेही नगरपालिकाकाे वडा नं. १ मा पनि प्यानल नै बिजयी गराएकाे छ । वडा नं. १ डा. बाबुराम भट्टराइकाे गृह वडा पनि हाे ।
हाल वडा नं. ७ र वडा नं. ४ काे मतगणना भइरहेकाे छ ।