बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेले ४ हजार ८६४ मत ल्याए । भट्ट दोस्रो कार्यकालयका लागि पुन : गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा नेकपा माओवादी तर्पmबाट सनमाया गुरुङ निर्वाचित भएकी छिन् । उनले ५ हजार ७६५ मत ल्याए ।

उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेख माया रानाले ४ हजार ५७५ मत प्राप्त गरिन् । गुरुङ दोस्रो कार्यकालयका लागि पुनः उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.