गोरखा, १० वैशाख ।
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँको धर्मशालामा एक विदेशी पर्यटक मृत भेटिएका छन् ।
पासपोर्ट नं नं.M08212336 का दक्षिण कोरियाका ६४ बर्षका डङ्की जंग धर्मशाला स्थित लार्के होटलमा आज दिउँसो १ बजे मृत भेटिएको गोरखा जिल्ला प्रहरी नायब उपरिक्षक (डिएसपी) लिलाराज लामिछानेले बताउनुभयो । चिसोका कारण जंगको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको डिएसपी लामिछानेको भनाई छ ।
स्यालोम र्याफ्टिङ ट्रेकिङ कम्पनी काठमाण्डौं मार्फत लार्के पासको लागि मनास्लु पदमार्ग हुँदै धर्मशाला पुगेका जंगको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाबाट प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटिई मृतकको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौ पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयबाट गोरखाले जनाएको छ ।