सम्पादक अधिकारी जनसेवा श्री पदकबाट विभूषित

काठमाण्डौं , १ वैशाख । सेतीमादी दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।

सम्पादक अधिकारीलाई बिहिबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्पादक अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूूषित गर्नुु भएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले विभूूषण प्रदान गर्दै बधाई समेत दिनुु भएको थियो ।तनहुँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेर पदक पाउने सम्पादक अधिकारी पहिलो पत्रकार हुनुहुुन्छ ।

सम्पादक अधिकारीले तनहुँलाई कार्यक्षेत्र बनाएर दुुई दशक देखि पत्रकारिता गर्दै आउनु भएको छ । सम्पादक अधिकारीले नेपाल टेलिभिजन ,गोरखापत्र दैनिक , न्यूज २४ ,आदर्श समाज दैनिक लगायतका विभिन्न सञ्चार माध्यममा काम गर्नु भएको थियो । अधिकारीको सम्पादक रहेको सेतीमादी दैनिक विगत १६बर्ष देखि दमौलीबाट प्रकाशित हुँदै आई रहेको छ । जनसेवा श्री पदकबाट विभूूषित अधिकारी सामाजिक तथा राजनीतिमा समेत सक्रिय रहनु भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.