तनहुँकाे बन्दिपुरमा रहेकाे बन्दिपुर एफ एम प्रालिद्वारा संचालित रेडियो बन्दिपुरकाे ८ औं बार्षिक साधारणसभा तथा चाैंथाे अभिवेशन सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष सन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा रेडियोलाई महत्त्वपूर्ण याेगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान समेत गरिएकाे छ । सम्मानित हुने ब्यक्तित्वहरुमा संस्थाका संस्थापक शेयर सदस्य, कार्यसमितिका पूर्व सदस्य एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, संस्थापक एवं संस्थापक स्टेसन म्यानेजर समुन्द्र पाैडेल, कार्य समितिका सदस्य एवं भवन निर्माण समितिका संयाेजक केदारमान श्रेष्ठ , कार्य समितिका संयाेजक एवं समाचार समितिका संयाेजक रबिन्द कँडेल, रेडियोमा विगत लामाे समय देखि अनवरत रुपमा सम्वाददाताकाे रुपमा रहि महत्वपूर्ण याेगदान गर्नु हुने बाबुराम खनाललाई सम्मान गरिएकाे छ । साथै, बन्दिपुर टावरमा सुरक्षा गार्डकाे रुपमा कार्य गर्नु हुने स्वर्गीय पदम मिश्रलाई मरणाेपरान्त सम्मान गरिएकाे छ भने प्रविधिक रुपमा सहयाेग गर्नुहुने बिजय कुमार शाहलाई पनि सम्मान गरिएकाे छ ।
यसैबीच चाैंथाे अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति गठन गरिएकाे छ । संस्थापक अध्यक्ष सन्तकुमार श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएकाे हाे । अन्य सदस्यहरुमा बिद्याप्रसाद श्रेष्ठ , बिकास श्रेष्ठ, केदारमान श्रेष्ठ , सुरज भट्टराई , रबिन्द्र कँडेल, सरस्वती श्रेष्ठ, मनसरिफ मिया, संजय आले, प्रदिप काेईराला र देवकुमार पिया सर्वसम्मत चयन हुनुभएकाे छ ।
रेडियाे बन्दिपुरकाे ८ औं बार्षिक साधारणसभा तथा चाैंथाे अभिवेशन सम्पन्न , गाेरखा संसारका सञचालक कंडेल सम्मानित
Facebook Comments Box