गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन शनिबार उद्घाटन भएको छ । शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त भवन विसं २०७५ साल फागुन १४ गते माओवादी अध्यक्ष दाहालले नै सिलान्यास गरेका थिए ।
यस अघि प्रिफ्याब भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अब २१ कोठे सुविधा सम्पन्न भवनबाट सेवा दिनेछ । ३९ रोपनी क्षेत्रफल जग्गादानमा लिइएको र केही सहुलियतमा खरिद गरिएको बताए । भवन बनेसँगै सेवा प्रवाहमा सजिलो हुने गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बताईन् ।
स्थानीय पूर्वाधार बिकासको दुई करोड १५ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख, जिल्ला समन्वय समितिको एक करोड १० लाख र बारपाक सुलिकोट गाउँपालिकाको एक करोड २० लाख रुपैयाँको लगानीमा भवन निर्माण भएको अध्यक्ष भट्टले बताए । नवकान्तिपुर कन्टूक्शनले उक्त भवन निर्धारित समयसीमाभित्रै निर्माण गरेको हो । भवन सँगै पाँचवर्षे अवधीमा गरेका बिकास निर्माणका काम, तयार गरेका योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
दाहाल भवन उद्घाटन गर्न माउण्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए । सोही अवसरमा उनले बारपाक सुलिकोट गाउँपालिकाले पाँच वर्षे अवधीमा गरेका कामको उपलब्धी समेटेर प्रकाशन गरेको पुस्तकको पनि बिमोचन गरे । साथै अध्यक्ष दाहालले सूर्यज्योती माविका पूर्व प्रधानाध्यापक गुणनिधि देवकोटा तथा तत्कालिन शिक्षक आशकाजी श्रेष्ठको शालिक अनावरण पनि गरेका थिए । उनले स्थानीय निर्वाचन केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । सँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी लगायत पनिआएका थिए । कार्यक्रममा उत्कृष्ट किसान, कर्मचारी र भवन निर्माणमा सहयोग गर्नेहरुलाई गाउँपालिकाले सम्मान गरेको थियो ।
साथै राष्टिूय स्तरका कलाकारले सांस्कृतीक प्रस्तुती देखाएका थिए । स्थानीयले झाँकी ¥याली समेत प्रदर्शन गरे । कार्यक्रममा नेपाली कांग्रेसका बारपाक सुलिकोट गाउँपालिका सभापति जितबहादुर घले, नेकपा एकिकृकत समाजवादीका जिल्ला अध्यक्ष यादब बस्नेत, बारपाक सुलिकोट गाउँपालिका अध्यक्षण बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ लगायतले मन्तब्य राखेका थिए ।