गाेरखा,
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ खाेलाघाटमा रहेकाे मंगलेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेकाे सप्ताह ज्ञान महायज्ञकाे तेश्राे दिन शिवरात्रीकाे दिनमा ४ लाख बढी दान संकलन भएकाे छ ।
मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिकाे अायाेजनामा सञ्चालित सप्ताह ज्ञान महायज्ञसँगै १७ गते महाशिवरात्रीकाे अवसरमा दाताहरूकाे घुइँचाे लागेकाे थियाे । शिवरात्री पर्वका दिन बिहानैदेखि लगातार रूपमा दर्शनार्थीहरूकाे भीड लागेकाे थियाे । दिउँसाेमा महायज्ञअन्तर्गतकाे भागवत पाठ बाचन गरिएकाे थियाे भने साँझ ४ बजेदेखि १० बजेसम्म स्थानीय कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । रातभर जाग्राम बसी दिप प्रज्वलन गर्नेहरूकाे संख्या पनि यस बर्ष गत बर्षहरूमा भन्दा निकै बढी रहेकाे थियाे ।
गत फागुन १५ गतेदेखि साे स्थानमा निरन्तर रूपमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेकाे छ । युवा प्रखर बाचक पंडित माधव कृष्ण महाराज ज्यू काे मुखारबृन्दबाट बाचन भइरहेकाे छ । महायज्ञमा हालसम्ममा करीब ६ लाख उठेकाे र महायज्ञ अवधिभरमा उठेकाे रकमबाट मन्दिरकाे भाैतिक निर्माण तथा पर्यटकीय रूपमा बिकास गराउने कार्यमा खर्च गरिने अायाेजकले जनाएका छन् ।
शिवरात्री सँगै नेपाली सेना दिवस समेत परेकाले साे अवसरमा नेपाली सेनाका भू.पू. हरूकाे सक्रियतामा धुनी जगाउनुका साथै उखु पडकाउने समेत गरिएकाे थियाे ।
महायज्ञ अवधिभरमा सहयाेग गर्नेहरूमध्ये नगद रू.२५००० भन्दा माथि दान गर्नेहरूकाे नाम शिलालेखमा उल्लेख गरिने पनि अायाेजकले जनाएक छन् ।
के के छन त सम्मान ?
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ खाेलाघाटमा रहेकाे मंगलेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेकाे सप्ताह ज्ञान महायज्ञकाे तेश्राे दिन शिवरात्रीकाे दिनमा ४ लाख बढी दान संकलन भएकाे छ । मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिकाे अायाेजनामा सञ्चालित सप्ताह ज्ञान महायज्ञसँगै १७ गते महाशिवरात्रीकाे अवसरमा दाताहरूकाे घुइँचाे लागेकाे थियाे । शिवरात्री पर्वका दिन बिहानैदेखि लगातार रूपमा दर्शनार्थीहरूकाे भीड लागेकाे थियाे । दिउँसाेमा महायज्ञअन्तर्गतकाे भागवत पाठ बाचन गरिएकाे थियाे भने साँझ ४ बजेदेखि १० बजेसम्म स्थानीय कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । रातभर जाग्राम बसी दिप प्रज्वलन गर्नेहरूकाे संख्या पनि यस बर्ष गत बर्षहरूमा भन्दा निकै बढी रहेकाे थियाे । गत फागुन १५ गतेदेखि साे स्थानमा निरन्तर रूपमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेकाे छ । युवा प्रखर बाचक पंडित माधव कृष्ण महाराज ज्यू काे मुखारबृन्दबाट बाचन भइरहेकाे छ । महायज्ञमा हालसम्ममा करीब ६ लाख उठेकाे र महायज्ञ अवधिभरमा उठेकाे रकमबाट मन्दिरकाे भाैतिक निर्माण तथा पर्यटकीय रूपमा बिकास गराउने कार्यमा खर्च गरिने अायाेजकले जनाएका छन् । शिवरात्री सँगै नेपाली सेना दिवस समेत परेकाले साे अवसरमा नेपाली सेनाका भू.पू. हरूकाे सक्रियतामा धुनी जगाउनुका साथै उखु पडकाउने समेत गरिएकाे थियाे । महायज्ञ अवधिभरमा सहयाेग गर्नेहरूमध्ये नगद रू.२५००० भन्दा माथि दान गर्नेहरूकाे नाम शिलालेखमा उल्लेख गरिने पनि अायाेजकले जनाएक छन् ।
के के छन त सम्मान ?
१, रू.५०५ भन्दा कम दान गर्नेहरूले दान गर्नेहरूले दानपेटिकामा चढाउने ।
२, रू.५०५ भन्दा माथि दान गर्ने दाताहरूका लागि नगदी रसिद उपलब्ध गराइनेछ ।
३, रू.१५०० सम्म दान गर्ने दाताहरूका लागि नगदी रसिद सहित रामनामी उपलब्ध गराइनेछ ।
४, रू.२५०० भन्दा माथि दान गर्ने दाताहरूका लागि नगदी रसिद सहित रामनामी उपलब्ध गराइनेछ ।
५, रू.५००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि गाेल्डेन फ्रेममा सम्मान पत्रसहित रामनामी उपलब्ध गराइनेछ ।
६, रू.१०००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि मिडियम फ्रेममा सम्मान पत्रसहित रामनामी उपलब्ध गराइनेछ ।
७, रू.२५००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि माथिका सबै सम्मानसहित अभिनन्दन गरी शिलालेखमा नाम राखिनेछ ।
८, रू.५०००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि माथिका सबै सम्मानसहित बाजागाजाका साथ नगर परिक्रमा गराइ उत्कृष्ट दानबीर घाेषणा गरिनेछ ।
९, रू.१००००१ भन्दा माथि दान गर्ने दाताहरूका समितिकाे निर्णयअनुसार उच्चतम सम्मान प्रदान गरिनेछ ।