याम्पा बचतद्वारा विद्यार्थीलाई कापी-कलम वितरण

तनहुँकाे याम्पाफाँटमा रहेकाे याम्पा बचत तथा ऋण सहकारी संस्थाले बन्दिपुर ५ का ४ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई कापी-कलम र फुटबल वितरण गरेकाे सहकारीका अध्यक्ष भानुभक्त भट्टराईले जानकारी दिनुभयाे । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका विद्यार्थी र अभिभावकलाई सहकारीले गर्दै आईरहेकाे आर्थिक गतिविधि साथै बाल बचत र खुत्रुके बचत सम्बन्धि जानकारी गराउनु भएकाे थियाे । कार्यक्रम अन्तरगत याम्पाफाँटमा रहेकाे चन्द्राेदय आधारभुत विद्यालय, कल्चाेकमा रहेकाे जलदेवी प्राथमिक विद्यालय, थुम्कामा रहेकाे कालिका प्राथमिक विद्यालय र भुजेलगाउँमा रहेकाे आँदिबराही प्राथमिक विद्यालयमा साे सामग्री वितरण गरेकाे हाे । सहकारीले ३० हजार भन्दा बढीकाे रकमबाट कापीकलम र फुटबल खरिद गरि वितरण गरेकाे ब्यवस्थापक महेश्वर न्याैपानेले बताउनु भयाे । विहिबार भएकाे छुट्टाछुट्टै कार्यक्रममा जलदेवीका विब्यास अध्यक्ष एवं वडा सदस्य ठाकुरसिंह थापा मदन, प्रधानाध्यापक रामजी बहादुर खत्री, कालिकाका शिक्षक अभिभावक संघका अध्यक्ष झंकनारायण भट्ट , प्रधानाध्यापक धनप्रसाद लामिछाने , समाजसेवी ठाकुर प्रसाद रेग्मी , समाजकल्याण आमा समुहकी अध्यक्ष अप्सरा रेग्मी , ओजराज ओस्ती, आँदिबराहीका विब्यास अध्यक्ष रेशमलाल भुजेल, प्रधानाध्यापक मदन थापा, सहकारीका सचिव गणेश तिवारी , पूर्व अध्यक्ष काशीनाथ भट्टराई , सदस्य शर्मिला न्याैपाने लगाएतकाे उपस्थिति रहेकाे सहकारीले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.