गाेरखा ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकाे इन्चार्जमा गाेरखा निर्वाचन क्षेत्र नम्बर २ घर भएका हितराज पाण्डेले जिम्मेवारी पाएका छन् । यसैगरी अध्यक्षमा गाेरखा निर्वाचन क्षेत्र नम्बर १ घर भइ साँसद समेत रहेका हरिराज अधिकारीले जिम्मेवारी पाएका छन् ।
यस अघि पाण्डे अध्यक्ष र अधिकारी साँसद हुनु अघि सम्म प्रदेश सेक्रेटरीकाे जिम्मेवारीमा रहेका थिए । दुवै जना नेताहरुकाे एक तह बढुवा सहितकाे जिम्मेवारी पाएका हुन् । गण्डकी प्रदेश सम्पर्क समिति इन्चार्जमा गाेरखाकै चुडामणी खड्काले जिम्मेवारी पाएका छन् ।