साउन १३, तनहुँ । तनहुँकाे नयाँपुलस्थित एक सुनचाँदी पसलबाट पसलेलाई झुक्याएर २ ताेला सुन लिई एक युवक फरार भएका छन । १२ गते दिउँसो बाईकमा अाएका एक युवाले नयाँपुलमा रहेकाे लालु सुनचाँदी पसलबाट १थान रानीहार र २ थान अाैंठी किनेकाे पसल सञ्चालकले बताउनुभयाे । सामान किनिसकेपछि डुम्रे बैंक बाट रकम निकालेर दिने भनी साहुलाई समेत बाईकमा राखेर डुम्रे बजार पुगेपछि पसल सञ्चालकलाई बाईक पार्किङ गर्छु भनेर झार्याे । त्यसपछि बाईकमा फरार भएकाे पसल सञचालकले बताउनुभयो । सञ्चालकले बिश्वास गरें तर बिश्वासघात गर्याे भन्दै अहिले फरार ब्यक्तिकाे खाेजी गरिदिन अनुराेधसहित प्रहरीसमक्ष उजुरी दिनुभएको छ।
२ ताेला सुनकाे पैसा लिन ग्राहकसंगै बैंक गएका साहुलाई छलेर ग्राहक नै भागेपछि …
Facebook Comments Box