तनहुँकाे बन्दिपुरमा संचालन भएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा पवित्रा मावि १९ स्वर्ण, ६ रजत र ४ काश्य पदक प्राप्त गरि उत्कृष्ठ बन्न सफल भएकाे छ ।
प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ४ काश्य पदक प्राप्त गरि मनास्लु बाेर्डिङ स्कुल दाेस्राे र ३ स्वर्ण, ६ रजत र १० काश्य पदक प्राप्त गरि भानु माविले तृतिय स्थान हासिल गरेकाे शिक्षा शाखा प्रमुख बिष्णु खत्रीले जानकारी दिनुभयाे ।
गाउँ पालिका भित्रका ८ वटा माध्यमिक विद्यालयकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा २ स्वर्ण, २ रजत र ४ काश्य पदक प्राप्त गरि बिष्णु मावि चाैंथाे बनेकाे छ भने १ स्वर्ण, ८ रजत र ३ काश्य पदक प्राप्त गरि शिव माविले पाँचाैं स्थान प्राप्त गरेकाे छ । त्यस्तै कालिका माविले २ रजत र ३ काश्य पदक प्राप्त गरि छैठौं , नाेट्रेडेम बाेर्डिङ स्कूलले २ रजत र १ काश्य पदक प्राप्त गरि साताैं र अरुण माविले १ रजत र १ काश्य पदक प्राप्त गरि आठाैं स्थान हात पारेकाे गाउँपालिकाले जनाएकाे छ ।
बन्दिपुरमा संचालन भएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा पवित्रा माविलाई १९ स्वर्ण पदक प्राप्त
Facebook Comments Box