सवारी दुर्घटना न्यनिकरणको लागि तनहुँको आँबुखेरेनी बजारमा जनचेतनामुलक कार्यक्रम

आँबुखैरेनी, १६ माघ । सवारी दुर्घटना न्यनिकरणको लागि तनहुँको आँबुखेरेनी बजारमा जनचेतनामुलक कार्यक्रमको शुभारम्भ गरिएको छ। ‘टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था विद्यालय र मिडियाको सहकार्यमा समुदाय प्रहरी साझेदारीमा आजदेखि कार्यक्रमको शुभारम्भ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले सवारी दुर्घटना र मृत्युदरको रेकर्ड प्रति चिन्ता व्यक्त गर्दै दुर्घटनालाई प्रसय दिने गतिविधी नगर्न आम सरोकारवाला समुदायलाई अनुरोध गर्नुभयो। स्थानीय तहले ट्राफिक व्यावस्थापन र दुर्घटना न्युनिकरणको लागि विगतमा पनि सहयोग गरेको र भविश्यमा पनि आवश्यकता अनुसार साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक विकास थापाले कार्यक्रमको औचित्यता माथि प्रकास पार्दै यस आवमा मात्रै यस क्षेत्रमा साना ठुला गरि ६९ वटा सवारी दुर्घटना भएको र सोही दुर्घटनामा परि ९ जनाले ज्यान गुमाउनु परेको बताउनुभयो। मंसिर र पुसमा मात्रै १६÷१६ का दरले दुर्घटना भएको तथ्य दिनुहुदै सवारी दुर्घटना हुने कारण बताउदै न्युनिकरणका लागि अपनाउनुपर्ने सावधानी बारे सरोकारवालाहरु प्रति अनुरोध गर्नुभएको थियो। राजमार्गमा पनि वडा नं. १, २, ३ र ४ मा नै चेतनामुलक कार्यक्रम गरिने पनि प्रनि थापाले जानकारी दिनुभयो।
सवारी दुर्घटना न्युनिकरणको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी तथा ट्राफिक प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको अनुरोधको हाते पर्चा सवारी चालक र सर्वसाधारणलाई वितरण गरिएको थियो।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक विकास थापाले संचालन गर्नुभएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर आले, विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय संघसंस्थाका प्रतिनिधी, कर्मचारी, ट्राफिक प्रहरी, सामुदायीक प्रहरी, स्थानीय व्यापारी तथा सर्वसाधारणहरको सहभागीता रहेको थियो।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.