तनहुँकाे याम्पाफाँटमा रहेकाे याम्पा बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न

तनहुँकाे याम्पाफाँटमा रहेकाे याम्पा बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएकाे छ ।
सहकारीका अध्यक्ष ऋषिराम भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बिमला पन्थले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । कार्यक्रमका विशिष्ट अतिथि बन्दिपुर ५ का वडा अध्यक्ष ध्रुब प्रसाद लामिछानेले सहकारीकाे निति तथा सहकारीको महत्त्व बारे बाेल्नु भएकाे थियाे । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बिमल प्रसाद भट्टराई , विष्णुप्रसाद घिमिरे, भानुभक्त भट्टराई , तिर्थामाया पन्त लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । उक्त अवशरमा सहकारीका ब्यवस्थापक महेश्वर न्याैपानेले गत आर्थिक वर्ष २०७६/०७७ काे आय ब्याय प्रतिवेदन पेश गर्दै सहकारीको शेयर पुँजी १ कराेड ७१ लाख , कर्जा लगानी ३ कराेड ५९ लाख २४ हजार ९ सय २१ रुपैंया, बचत निक्षेप १ कराेड५६ लाख ८६ हजार ६६५ रुपैंया रहेकाे जानकारी दिनुभयाे ।
साधारण सभाले भानुभक्त भट्टराईकाे अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेकाे छ । उपाध्यक्षमा ईन्दिरा भट्टराई, सचिवमा गणेश तिवारी, काेषाध्यक्षमा बरुण भट्टराई, सदस्यहरुमा डिपि अधिकारी, भरत लामिछाने र शर्मिला मिश्रलाई चयन गरेकाे हाे । त्यसै गरि लेखा समितिकाे संयाेजकमा तिर्था भट्टराई, सदस्यमा रामचन्द्र पंडित र नारायणदत्त तिवारी रहनु भएकाे छ भने ऋण समितिकाे संयाेजकमा विश्वनाथ भट्टराई, सदस्यहरुमा कृष्णप्रसाद पुडासैनी र बद्री शर्मा भट्टराई चयन हुनुभएकाे छ ।
कार्यक्रममा असल ऋणी ५ जना र असल बचत कर्ता ११ जनालाई सम्मान गरिएकाे थियाे । २०६६ सालमा स्थापना भएकाे सहकारीमा दैनिक बचत, मासिक बचत, मुद्दती बचत र साधारण बचत गर्न सकिने र सहकारीले धिताे कर्जा, दैनिक कर्जा, मासिक कर्जा र आकस्मिक कर्जा उपलब्ध गराउँदै आएकाे छ भने सहकारीले बिद्युत बिल भुक्तानी, रेमिट्यान्स , माेबाईल बैंकिङ, माेटरसाईकल ईन्सुरेन्स र फाेन रिचार्ज सेवा उपलब्ध गराउँदै आएकाे छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.