Gorkha Sansar

काेराेना संक्रमिकाे अाफ्नै घाटमा पुर्याएर अन्तेष्टीः स्थानीय त्रसित

गाेरखा २ मंसीर ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ का काेराेना संक्रमितकाे अाज अाफ्नै घाटमा पुर्याएर अाज अन्तेष्टी गरिएकाे छ ।

८२ बर्षका पुरूषकाे अाज बिहान गाेरखा अस्पतालमा ज्यान गएपछि अाजै परिवारकाे अनुराेधमा मृतककाे शव अाफ्नै घाट मा ल्याएर परम्पराअनुसार अन्तेष्टी गरिएकाे वताइएकाे छ ।

मृतकलाइ गाउँमै ल्याएर अन्तेष्टी गर्दा मलामी जाने तथा घाटमा पुग्ने अन्यलाइ पनि संक्रमण हुनसक्ने तथा १३ दिनसम्म गरिने काजक्रियाकाे काम गर्ने क्रममा समेत संक्रमण प्रसारण हुन सक्ने भनी स्थानीयहरू त्रसित भएका छन् । घाटमा पुर्याएर अन्तेष्टीकाे काम गर्दा समेत स्थानीय निकायले राेक्न खासै प्रयास नगरिएकाे केही स्थानीयकाे भनाइ रहेकाे छ । संक्रमितकाे परिवारकै केही सदस्यहरूमा समेत काेराेना संक्रमण पुष्टी भएकाे छ ।

यस अघि साेही वडाका एक पुरूषकाे काेराेनाबाट संक्रमण भइ मृत्यु हुँदा लुदीखाेलामा लगेर अन्तेष्टी गरिएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.